आज नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवस

नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवस


नेपाल पत्रकार महासंघको स्थापनाको ५७ औं वर्ष पुगेको अवसरमा आज विहानै पत्रकारहरुले राजधानीमा प्रभातफेरी निकालेका छन् ।

 

 नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको संयोजनमा काठमाडौंको नयाँ बानेश्वरबाट निकालिएको -याली बबरमहलसम्म पुगेको थियो ।

 

-यालीमा पत्रकारहरुले जेठ १४ भित्र शान्ति र संविधान सुनिश्चित गर्न माग गरे । उनीहरुले प्रेस स्वतन्त्रता अझै जोखिममा परेकोमा ध्यानाकर्षण गराए ।

 

नयाँ संविधान प्रेसमैत्री हुनुपर्ने माग पत्रकारहरुको थियो । न्यूनतम पारिश्रमिक लागू गराउन सरकारसँग पत्रकारहरुले सडकबाटै माग गरे ।

 

देशभरका शाखाहरुले पनि आज प्रभातफेरी निकालेका छन् भने अन्र्तक्रिया कार्यक्रम पनि गर्नेछन् ।