माओवादीसँग एकता टुटदा पार्टीलाई ठुलो क्षतिः एमाले (दस्तावेजसहित)

काठमाडौं, ३१ जेठ । नेकपा एमालेले गत चुनावमा गुमेको साख पुनर्जागरण गराउन मिशन चलाउने भएको छ ।

गत चुनावमा पार्टीको गुमेको साख फर्काउँदै अब हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउनका लागि केन्द्रिय सदस्य र जिल्लाका नेताहरूलाई ठोस जिम्मेवारी तोकेर मिसन जागरण अभियान चलाउने भएको हो ।

पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण उल्लेख गर्दै ‘डिजिटल लडाई’ लडने जनाएको छ ।

मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ ।

‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः बैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ,  ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’

मिशन जागरण अभियान दस्तावेजका लागि यहाँ क्लिक गर्नुहाेस्

मिशन जागरण अभियान दस्तावेजका लागि यहाँ क्लिक गर्नुहाेस्