सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्ने बारेमा प्रमुख तीन दलवीच सहमति

सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्ने बारेमा प्रमुख तीन दलवीच सहमति भएको छ ।

 

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आब्हानमा आज बसेको तीन दलका शिर्ष नेताहरुको बैठकमा आयोग गठन गर्न सहमति भएको हो । आयोग गठनसम्बन्धी विद्येयक तयार पार्न माओवादीका खिमलाल देवकोटा ,कांग्रेसका रमेश लेखक र एमालेका अग्नी खरेल सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

 

कार्यदललाई भोेलिसम्ममा विधेयकलाई अन्तिम रुप दिन भनिएको छ । परिपुरण भएका, पश्चाताप गरिएका र पिडित पक्षले सहमति जनाएका बाहेकका मुद्धामा आयोगले कार्यवाहीका लागि सिफारिस गर्ने दलहरुबीच सहमति भएको हो ।

आयोग उच्चस्तरिय एबं अधिकारसम्पन्न हुने र आयोगका सदस्यमा पुर्व न्यायाधीशहरुलाई राजनितिक सहमतिका आधारमा नियुक्ति गरिने सहमति पनि भएको छ ।

 

बैठकमा बेपत्ता छानविन आयोग गठनका बारेमा पनि सैद्धान्तिक सहमति भएको छ । नेपालको अन्तरिम संविधान २०६३ मा सत्य निरपण तथा मेलमिलाप आयोग तीन महिना भित्र गठन गर्नुपर्ने कुरा उल्लेख भए पनि चार बर्षपछि बल्ल दलहरु आयोग गठनमा सहमत भएका हुन् ।