घुस प्रकरणका कारणका भारतीय स्थल सेनाध्यक्ष विके सिंहलाई भारत सरकारले दुई दिनको लागि मात्र नेपाल आउन अनुमति

नेपाली सेनाले आयोजना गर्न लागेको क्षेत्रीय गोष्ठिमा भाग लिन नेपाल आउन लागेका भारतीय स्थल सेनाध्यक्ष विके सिंहलाई भारत सरकारले दुई दिनको लागि मात्र अनुमति दिएको छ।

 

नेपाल भ्रमणका लागि चार दिनको समय माग गरेका सेनाध्यक्ष सिंहलाई भारत सरकारले दुई दिनको मात्र अनुमति दिएको हो। सरकारले भ्रमण प्रतिनीधिमण्डललाई सानो बनाउन समेत निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। नेपाली सेनाले चैत्र २१ \देखि २३ गतेसम्म जैविक प्रकोप तथा उद्धार सम्बन्धि क्षेत्रीय गोष्ठिको आयोजना गर्दैछ।

 

सैन्य सामग्री तथा हतियार खरिदका क्रममा आफुलाई एक सेवानिवृत्त सैन्य अधिकारीले घुस दिने प्रस्ताव राखेको आफैले खुलासा गरेपछि भारतीय सेनाध्यक्ष अहिले विवादमा तानिएका छन्। उनले सोही घुस प्रकरणका कारण प्रधानमन्त्रिलाइ एक पत्र पठाएको विषय पनि भारतिय संचार माध्यमहरुमा सार्वजनिक भएको छ। यद्यपी सो गोप्य पत्र सार्वजनिक भएको हुनाले पनि सेनाध्यक्ष विवादमा तानिएका हुन्।

 

अर्कोतिर सेनाध्यक्षको आरोपका सम्बन्धमा सेवानिबृत्त शैन्य अधिकारी लेफि्टनेन्ट जनरल तेजिन्दर सिंहले सेनाध्यक्षमाथि मानहानीको मुद्धा दायर गरेका छन्। यसका साथै सेनाध्यक्षको आरोपका कारण रक्षा मन्त्रि ए के एन्टनी पनि विवादमा तानिएका छन्। संसदमा विक्षीहरुले एन्टनीको राजिनामा माग गर्दै हंगामा गर्ने क्रम जारी छ। पुरै प्रकरण भारतमा ब्यापक रुपमा फैलिएका कारण सेनाध्यक्ष माथि समेत दवाव परेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।