समतामूलक समाज निर्माणका लागि जातीय विभेद अन्त्य अपरिहार्य : वडाध्यक्ष भिमबहादुर केसी (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची डटकम

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ९ का अध्यक्ष भिमबहादुर केसीले समतामूलक समाज निर्माण आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ।

May be an image of text

शितगंगा नगरपालिका वडा नं. ९ को आयोजना तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा सम्पन्न जनजाति तथा दलित विशेष कार्यक्रम अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालमा कानुनी रूपमा छुवाछूत अन्त्य घोषणा गरिएको भए पनि व्यवहारिक रूपमा अझै विभिन्न स्वरूपमा विभेद कायम रहेको बताउनुभयो।

उहाँले जातीय विभेद तथा छुवाछूत मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि राज्य, स्थानीय तह, नागरिक समाज तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको स्मरण गराउँदै जातीय आधारमा हुने कुनै पनि प्रकारको विभेद कानुनले निषेध गरेको उहाँले स्पष्ट पार्नुभयो।

May be an image of one or more people, people studying and text

अध्यक्ष केसीले दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक सशक्तीकरण बिना समतामूलक समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै सचेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन तथा अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

May be an image of one or more people and temple

कार्यक्रममा वडा सचिव खगेन्द्र तिरुवा, सगरमाथा आधारभूत विद्यालयका पूर्व अध्यक्ष तथा समाजसेवी चुमान परियार, प्रधानाध्यापक कृष्णप्रसाद गुप्ता तथा नवनिर्वाचित अध्यक्ष रमेश रोकाहाले मन्तव्य राख्दै सामाजिक समावेशीकरणलाई व्यवहारमा उतार्न स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

images

May be an image of one or more people, people studying and text

उहाँहरूले विभेदविरुद्धको अभियान गाउँ–टोलसम्म पुर्‍याउन आग्रह गर्दै युवा पुस्ताले समानता, सहिष्णुता र मानव मर्यादाको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

images

May be an image of one or more people, people studying and text that says "कরा"

कार्यक्रममा अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राधा नेपाली र पत्रकार अनिल नेपालीले सहजीकरण गर्नुभएको थियो।

images

May be an image of one or more people, people studying and text

वडा सदस्य अमृता बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य पुष्पा गाहा, वडा सदस्य खुमबहादुर लुम्चे लगायत विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।