कम लगानी, राम्रो आम्दानीको सम्भावना: हाते होजियारी तालिमबाट उद्यमशीलताको बाटो (तस्बिर सहित )

– केशव पन्थी , अर्घाखाँची डटकम।

अर्घाखाँची, असार ४ — घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको समन्वयमा छत्रदेव गाउँपालिका–५ छत्रगञ्जमा सञ्चालन गरिएको ४५ दिने हाते होजियारी सम्बन्धी सीप विकास तालिम आज सम्पन्न भएको छ।

स्थानीयस्तरमै सीप, रोजगारी र उत्पादनमूलक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले औद्योगिक वातावरण सुधार तथा दिगो अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तालिम समापन कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाले साना तथा घरेलु उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सीपमूलक तालिममार्फत युवायुवती तथा महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो।

“यस्ता तालिमले वैदेशिक रोजगारीको बाध्यता कम गर्दै गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न मद्दत पुग्छ,” उपाध्यक्ष पन्थीले भन्नुभयो।

May be an image of ‎text that says "‎"औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्न्रको आधार" औद्योगिक प्रवर्द्दन कार्यत्रम अन्तर्गत सम्बनधी सीप सहयोग विकासा तलिम तथा و महिने हाते होजियारी प्रविधिमा स्थान: छत्रदेव गाउँपालिका वडा नं.श उदघाटन मिति: २०८३/०१/१७ गते समन्वय छत्रदेव गाउँपालिका अर्घाखांची आयोजक घरेल तथा साना उद्योग कायालय अर्चखांची‎"‎

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपाने ले हाते होजियारी जस्ता सीपले कम लगानीमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार तालिममा १७ जना महिलाको सहभागिता रहेको थियो र उनीहरूलाई व्यावहारिक तथा बजारमुखी सीप प्रदान गरिएको छ।

May be an image of one or more people, people smiling, hospital and text

images

” सहभागीहरूलाई उद्यम सञ्चालन गर्न चाहेमा आवश्यक परामर्श, सहजीकरण र प्राविधिक सहयोगसमेत उपलब्ध गराइनेछ,” प्रमुख न्यौपानेले जानकारी दिनुभयो।

May be an image of one or more people, people smiling, hospital and text

images

त्यस्तै, वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल ले आफ्नो वडामा यस्ता सीप विकास कार्यक्रम सञ्चालन हुनु सकारात्मक पहल भएको बताउँदै यसबाट स्थानीय युवायुवती र महिलाहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर स्वरोजगार तथा आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

May be an image of one or more people, people studying and text

images

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर हुम बहादुर बिक लगायतले उद्यमशीलताको महत्व, तालिमको प्रभावकारिता तथा दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै साना तथा घरेलु उद्योग प्रवर्द्धन गर्नु समयको आवश्यकता रहेकोमा जोड दिएका थिए।

May be an image of one or more people

हाते होजियारी तालिमले विशेषगरी महिलाहरू र बेरोजगार युवाहरूलाई सीपयुक्त बनाउँदै आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ।

May be an image of one or more people and text

Nepal life insurance

यस्ता तालिम कार्यक्रमहरूले उत्पादनमूलक गतिविधि वृद्धि, स्थानीय बजारको सुदृढीकरण तथा आयआर्जनका अवसर विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरोकारवालाहरूले दीर्घकालीन रूपमा यस्ता पहलहरू दिगो आर्थिक विकास र समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरेका छन्।

May be an image of one or more people, hospital, dais and text