भाइरल डाँडामा शितगंगाको पहिचान झल्किने बोर्ड स्थापना (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–११ ले पालिकाको पहिचान र गरिमालाई थप उजागर गर्ने उद्देश्यले शितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा पर्ने चर्चित भाइरल डाँडा मा “शितगंगा–११, अर्घाखाँची” लेखिएको स्वागत तथा परिचय बोर्ड स्थापना गरेको छ।

May be an image of mountain and text

शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल को प्रमुख आतिथ्यता तथा वडा नं. ११ का अध्यक्ष नवराज भुसाल को सक्रिय पहलमा बोर्ड स्थापना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले शितगंगाको पहिचान, इतिहास र सम्भावनालाई बाहिरी जगतसम्म पुर्‍याउन यस्ता पहल प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय पर्यटन प्रवर्द्धन, भौगोलिक पहिचान र नगरको प्रतिष्ठा अभिवृद्धिमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

May be an image of road

वडा अध्यक्ष नवराज भुसालले वडाको समग्र विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताउनुभयो। निर्वाचित भएपछि विकास निर्माणसँगै सामाजिक तथा सार्वजनिक हितका कार्यमा सक्रिय रहँदै स्थानीयवासीको विश्वास जित्न सफल भएको सहभागीहरूको भनाइ थियो।

May be an image of campsite, van, road and text

कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, पूर्व जनप्रतिनिधि, पूर्व कार्यपालिका सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of mountain and text

images

May be an image of one or more people, Stari Most and text

May be an image of campsite, van, road and text

images

May be an image of road

May be an image of road

images

May be an image of one or more people, Stari Most and text

May be an image of road