बालेन्द्र शाह सरकारका अध्यादेश राष्ट्रियसभामा प्रस्तुत हुदैँ

काठमाडौं, ५ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ  ।

राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट आएको पत्रको बेहोरा जानकारी गराउनेछन भने प्रधानमन्त्री बालेन्द्र शाहले थारू आयोगको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नेछन ।

आजको बैठकमा प्रधानमन्त्री शाहले सार्बजनिक खरिद (दोस्रो संसोधन) अध्यादेश, २०८३ र सार्बजनिक पदाधिकारी पदमुक्ति सबन्धी बिशेष ब्यवस्था अध्यादेश स्विकृत गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो ) संसोधन अध्यादेश, २०८३, भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संसोधन) अध्यादेश, २०८३ र स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ‘स्वास्थ्य बिज्ञान प्रतिष्ठान सबन्धी केही नेपाल एेनलाई संसोधन गर्ने अध्यादेश, २०८३’ स्विकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

र, गृहमन्त्री सुदन गुरूङले गृहमन्त्रालयसँग सबन्धितथ मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।