मोरङको सौठा गाविस घर भएका पौडेल विर्तामोडमा डेरा लिई त्यहाँ पत्रकारितामा सक्रिय थिए । उनी स्थानीय मेची टाइम्स दैनिकका सह सम्पादक तथा राजधानी दैनिकमा पनि आवद्ध थिए । राति १२ बजे तिर उनको हत्या भएको बुझिएको छ । प्रहरीले होटल संघका पूर्व अध्यक्ष युवराज गिरी सहित
१२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घट्ना भएको स्थल पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका संचालक सोम ढकाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलको शवलाई ईलाका प्रहरी कार्यालय विर्तामोडमा ल्याइएको छ । त्यहाँ सञ्चारकर्मी, स्थानीय समूदायको ठूलो भीड लागेको छ । पौडेलको अनुभार भरि तथा घाँटीमा चोट देखिएको छ । हात समेत भाँचिएको छ । उनले लगाएको कपडा च्यातिएको छ । घट्नास्थलमा उनले लगाएको एउटा जुत्ता समेत भेटिएको छैन । उनी चढ्ने मोटरसाइकल घट्नास्थल मै भेटिएको छ । अन्य दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलका एक श्रीमती र एक छोरा छन् ।
यसैबीच,उक्त घट्नामा केन्द्रीत भएर नेपाल पत्रकार महासंघको आकस्मिक बैठक काठमाडौंमा बसेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले झापामा पत्रकार यादव पौडेलको हत्या भएको घट्नप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।



