
अमेरिकाको विभिन्न राज्यमा आएको टोरनेडो आँधीले थुप्रैं घर ध्वस्त बनाएको छ ।
टेक्सास राज्यमा नर्सिङ होम भत्कँदा बिरामी अलपत्र परेका छन् । तीब्र गतीमा हावा चलेलगत्तै आँधी आएको थियो ।
यसअघि अमेरिकामा टोरनेडो तूफान आउन सक्ने चेतावनी दिइएको थियो ।
केही राज्यमा भारी बर्षा भएलगत्तै अमेरिकी राष्ट्रिय मौसम विभाग टेक्सासले राज्यका जनतालाई सतर्क हुन भनेको थियो ।
यो चेतावनीसँगै अमेरिकाले सम्भावित तूफानलाई ध्यानमा राखी आन्तरिक उडानहरु रद्ध गर्दै प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।