दुई करोडको सर्वत्र आलोचना पछि माओवादी प्रचण्डका छोरा प्रकाश दाहाल टोली सगरमाथा आरोहणका लागि प्रस्थान

 प्रचण्ड पुत्र सगरमाथातिर प्रस्थान


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल सम्मिलित टोली सगरमाथा आरोहणका लागि प्रस्थान गर्दैछ ।

 

टोलीलाई आज विहान माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटस्थित निवासबाट विदाई गरे ।

 

शान्ति र संविधानका लागि भन्दै प्रकाश दाहाल सम्मिलित माओवादी नेता तथा कार्यकर्ताको टोली सगरमाथा आरोहणमा जान लागेको हो ।

 

केही समय अगाडि प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषदबाट निर्णय गराई प्रचण्ड पुत्र प्रकाशको टोलीलाई सगरमाथा चढ्न भन्दै दुई करोड रुपैयाँ दिने सर्वत्र आलोचना भएको थियो ।

 

टोली नेतृत्व भने माओवादी केन्द्रीय सदस्य कृष्ण केसीले गरेका छन् ।