चीनको चर्को विरोधका बाबजुद अमेरिकी नौ सेनाको टोली अष्ट्रेलियाको डर्विनमा

चीनको चर्को विरोध टार्दै अमेरिकी नौ सैनिक अष्ट्रेलियामा


चीनको चर्को विरोधका बाबजुद एशिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बलियो बनाउदै अमेरिकी नौ सेनाको एक टोली अष्ट्रेलियाको डर्विन पुगेको छ ।

 

यो टोलीमा २ सय सदस्य छन् ।

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस क्षेत्रमा अमेरिकी सैन्य क्षमता मजबुद बनाउने घोषणा गरेपछि अमेरिकी नौसेनाको पहिलो टोली अष्ट्रेलिया पुगेको हो ।

 

अमेरिकाले सन् २०१७ सम्म यस क्षेत्रमा आफ्ना २५ सय नौ सेना पठाउने योजना सार्वजनिक गरेको छ । डर्बिनमा अमेरिकी नौसेनालाई अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

 

अमेरिकी नौ सेनालाई स्वागत गर्दै अष्ट्रेलियाका रक्षामन्त्री स्टीफन स्मिथले अमेरिकी नौसेनाको उपस्थिति चीन र भारतको सामरिक र राजनीतिक उदय विरुद्ध पहिलो कदम भएको बताउनु भयो । अष्ट्रेलियाले गत हप्ता मात्र अमेरिकी मानव रहित विमान आफ्नो भूमिमा तैनाथ गर्न अनुमति दिन सक्ने जनाएको थियो ।