
काठमाडौँ । इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्यबारे चासो बढाएको छ ।
इजरायली मिडिया ‘च्यानल बाह्र’ ले गरेको सर्वेअनुसार आगामी चुनावअघि धेरैजसो नागरिकले नेतान्याहूले अब राजनीतिबाट अलग हुनुपर्ने र फेरि चुनाव नलड्नुपर्ने धारणा राखेका छन् । सर्वेमा सहभागीमध्ये ५९ प्रतिशतले नेतान्याहूले पुनः चुनाव लड्न नहुने पक्षमा आफ्नो राय दिएका छन् भने ३३ प्रतिशतले उनी फेरि मैदानमा उत्रिनुपर्ने पक्षमा मत दिएका छन् । बाँकी ८ प्रतिशतले कुनै स्पष्ट राय दिएका छैनन् ।


नेतान्याहू सन् २०२२ डिसेम्बर २९ देखि लगातार इजरायलको प्रधानमन्त्री पदमा छन् । त्यस्तै, नेतान्याहूपछि उनको पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नमा अर्थमन्त्री नीर बरकातलाई १८ प्रतिशतले समर्थन गरेका छन् । न्यायमन्त्री यारिभ लेविनलाई ९ प्रतिशत, रक्षा मन्त्री इजरायल काट्जलाई ७ प्रतिशत र संसद अध्यक्ष आमिर ओहाना लाई ६ प्रतिशतले समर्थन जनाएका छन् ।





