सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

मुम्बई, ६ असार । बलिउड सुपरस्टार सलमान खानको ‘कालो हरिण’ सबन्धी मुद्दामा आधारित भएको भनिएको फिल्म ‘काला हिरण’ सबन्धी बिबाद माथी बिबाद पर्दै गएको छ ।

यसैक्रममा, फिल्म निर्माता अमित जानीले सो फिल्मको बिषयलाई लिएर कथित आतंकवादी शहजाद भट्टीबाट धम्कीपूर्ण फोन आएको अहिले दाबी गरेका छन्।

जानीले घटनाको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाह र राजस्थानका डीजीपी यूआर साहूलाई इमेल गरेर आफु माथी आएको आतंकबादी धम्कीका बारेमा जानकारी गराएको जनाएका छन्।

जानीका अनुसार यो धम्की उनको आगामी फिल्म ‘ब्ल्याक बकः द ब्याटल फर लिगेसी’ सँग सम्बन्धित रहेको छ, जुन अभिनेता सलमान खानसँग सम्बन्धित कालो हरिण शिकार मुद्दाबाट प्रेरित भएको बताइएको छ।

उता, सो फिल्मको टिजर रिलिज भएदेखि नै यो फिल्म विवादमा फसिरहेको छ। अभिनेता सलमान खानले आफ्नो व्यक्तित्व अधिकारको उल्लंघन भएको आरोप लगाउँदै फिल्ममाथि रोक लगाउन दिल्ली उच्च अदालतमा निवेदन दिइसकेका छन्। जसका बारेमा सुनवाई जारी रहेको छ ।