आजवाट राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेसन सुरू हुदैँ

काठमाडौं, ७ असार । आज देखी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसन सुरू हुदैँछ ।

सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनमा आज देखी असार ९ गतेसम्म सो महाधिवेसन हुदैँछ ।

महाधिवेसनलाई सभापति रवि लामिछाने तथा बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलगायत सम्बोधन गर्नेछन् । आज उदघाटन सत्र मात्रै हुनेछ भने भोली देखी बन्द सत्र सुरू हुदैँछ । जुन बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुनेछ ।

जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन, उता, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोग भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री शाहले जानकारी दिए ।

हिजो महाधिवेसनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिईसकेको छ ।

महाधिवेसनमा २५ सय प्रतिनिधि सहभागी हुदैँछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेसनमा कम्तिमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।