रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा ४ हजार २११ जनाको प्रतिनिधित्व हुनेछ ।

आज देखी सभापति रवि लामिछानको निर्वाचन क्षेत्र चितवनमा सुरू हुने प्रथम महाधिवेसनमा प्रतिनिधि संख्या बढेर ४ हजार २ सय ११ पुगेको हो । यसअघि २५ सय ३ हजारसम्म प्रतिनिधत्व रहने भनिए पनि महाधिवेसनको पुर्वसन्ध्यामा सो संख्या बढेर ४ हजार नाघेको हो ।

आज सभापति रबि लामिछाने र बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेसनको उदघाटन गर्दैछन् भने सो महाधिवेसनमा सहभागी हुन बिभिन्न राजनीतिक दलको प्रतिनिधिको पनि सम्बोधन रहने कार्यक्रम रहेको छ ।

केन्द्रिय समिति, सात प्रदेश, प्रवास, समायोजन र मनोनयन गरी आजवाट सुरू हुने महाधिवेसनमा ४ हजार २११ जना प्रतिनिधित्व रहने भएको हो ।

केन्द्रिय समिति सदस्यसहित ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना,  सभापतिबाट १३८ जना र समुहगत रूपमा पार्टी प्रवेश गरेका मध्ये १९२ थप सहित ४ हजार २११ पुगेको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि सुनिश्चित भएको छ ।

साथै, महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि प्रत्येक जिल्लावाट रहने भएका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधिको रूपमा चयन गरिएको छ ।

साथै, सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको  छ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट २ जना तथा प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन् ।

साथै, गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित  तथा समानुपातिक सूचीमा रहेका देखी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक  सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

images