
काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसन हिजो देखी सुरू भएको छ ।
आजवाट बन्द सत्र सुरू हुने बन्द सत्र समापन भएसँगै नयाँ नेतृत्वको चयनको प्रकिया पनि बिहान ८ः३० बजेवाट नै सुरू हुनेछ ।

पदाधिकारीलगायत पदमा सभापति रवि लामिछानेलाई मनोनयन गर्ने अधिकार दिइने भए पनि केही पदमा भने निर्वाचन हुने संकेत देखिएको छ । जसअनुसार सभापति देखी केन्द्रिय समिति सदस्य उम्मेदवारीका लागि शुल्क निर्धारण गरिएको छ ।


जसअनुसार सभापति पदका उम्मेदवारले ५१ हजार शुल्क तिर्नुपर्नेछ भने १ जना प्रस्तावक र ५१ जना समर्थक राख्नु पर्नेछ भने पार्टी पदाधिकारी बन्न चाहानेले ४१ हजार शुल्क र १ जना प्रस्तावकसहित २१ जना समर्थक जुटाउनु पर्नेछ ।
उता, केन्द्रिय सदस्य बन्न चाहानेले २१ हजार शुल्क र १ जना प्रस्तावक सहित २१ जना समर्थक जुटाएर मात्रै उम्मेदवारी दिन पाइने रास्वपा केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले जानकारी दिएका छन् ।

सार्वजनिक कार्यतालिका अनुसार नेतृत्व चयनका आज नै उम्मेदवारी मनोनयन दर्ताका लागि फारम वितरण, मनोनयन दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवार माथी दावी बिरोध सुरू, दावी बिरोधमा जाँचबुझ गर्ने, उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने देखी उम्मेदवारको अन्तिम नामावली आजै राती ११ः०० बजे प्रकाशन गरिने आयोगले जनाएको छ।
भोली बिहान ८ः३० वाट भने नयाँ नेतृत्वको लागि मतदान प्रकिया सुरू हुनेछ, प्रतिनिधिहरूले दिउँसो ३ बजेसम्म मतदान गर्न पाउने छन् ।

नयाँ सहमति र ब्यवस्था अनुसार रास्वपाको नयाँ कार्यकालमा १९ सदस्यीय पदाधिकारीको संरचना रहनेछ । जसअनुसार सभापति, वरिष्ठ नेता, उपसभापति–३ (महिला १ जना), महामन्त्री–२, सहमहामन्त्री–५ (महिला १), कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–२, प्रवक्ता–१ र सहप्रवक्ता–३ जना रहने गरी १९ सदस्सीय पदाधिकारी महाधिवेसनवाट आउनेछ ।
त्यस्तै, सभापति, उपसभापति ३, महामन्त्री २, ५ जना सहमहामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता स्वतः सचिवालय सदस्य हुनेछन भने बाँकी सचिवालय सदस्य नयाँ निर्वाचित सभापतिले नै मनोनीत गर्ने छन । र, सिंगो केन्द्रिय समिति १५८ सदस्सीय हुनेछ ।




