
प्रधानमन्त्री बाबुराम भट्टराई निकट रायमाझी स्थानीय विकास मन्त्री हुन् । रिपोर्टर्स क्लवको साक्षात्कारमा सोमबार रायमाझीले मोहनविक्रम सिंह, चित्रबहादुर केसी, कमलथापा र आफ्नै पार्टीका उपाध्यक्षमोहन बैद्यको सम्बन्ध दरबारियासँग रहेको बताए ।

‘मोहनविक्रम सिंह, कमल थापा र किरणजीहरुको ट्रेण्ड दरबारियासँग मिल्छ,’ रायामाझीले भने ‘उनीहरुको कदम दरबारिया, प्रतिक्रान्तिकारी, प्रतिक्रियाबादी र घातक छ ।’ उनले संघीयता बिरोधी कित्तमा उभिएका मोहनविक्रम सिंह, चित्रबहादुर केसी, कमल थापा र वैद्यहरुको धार दरबारियासँग मिलिरहेको दाबी गरे ।
रायमाझीले भने, ‘संघीयता विरोधीहरु अहिले जातिय आधारमा राज्य पुनसंरचना गर्नुपर्छ भन्दैछन् त्यो कदापी पुरा हुादैन, किरणजीहरुले बाहिर जे देखाए पनि भित्री रुपमा भने संघीयता बिरोधी हुन् ।’ सिंह, केसी, थापा र बैद्यहरुको जनआन्दोलन, संघीयता र शान्ति प्रक्रियामा कुनै भूमिका र योगदान नै नरहेको उनको भनाइ छ ।





