– दीपेश श्रेष्ठ
काठमाडौ । नवनियूक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए आफूहरु शान्ति र संविधानको सुनिश्चितताकोलागी समग्र मधेस एक प्रदेशको अडानमा पुर्न विचार गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका मन्त्री यादवले मधेस शान्ति र संविधानको पक्षमा रहेको भन्दै मधेस प्रदेशको उपयूक्त विकल्प कोही विद्धानहरुले ल्याए त्यसमा आफूहरु खुल्ला हृदयका साथ छलफल गरेर पुर्न विचार गर्न तयार रहेको बताएका हुन । उनले भने