पाको उमेरमा गोल हान्नेमा रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा

काठमाडौं, १० असार । उज्वेकिस्तान बिरूद्द पोर्चुगलले ५–० को जीत निकाल्दा क्रिस्टियानो रोनाल्डोले दुईवटा रेकर्ड बनाउन सफल भएका थिए ।

पहिलो ६ वटा फरक फरक विश्वकपमा गोल हान्ने एक मात्र र पहिलो खेलाडी बनेर नयाँ किर्तिमान कायम गरे भने दोस्रो चाँही सबैभन्दा पाका उमेरका गोल हान्ने खेलाडीमा उनी दोस्रो स्थानमा रहेका छन ।

उनी भन्दा अघि रोजर मिल्लाले ४२ बर्ष ३९ दिन उमेरमा गोल हानेर रेकर्ड कायम गरेका थिए भने आज उज्वेकिस्तान बिरूद्द छैटौं मिनेटमा गोल हाने लगत्तै सवै भन्दा पाका खेलाडीमा उनले दोस्रो स्थान कायम गरेका हुन  । उनले यो गोल  ४१ वर्ष १३८ दिनमा हानेका थिए ।

उसो भए जानौं, गोल हान्ने सबैभन्दा पाका उमेरका २० खेलाडी

१( रोजर मिल्लाः ४२ वर्ष ३९ दिन
२) क्रिस्टियानो रोनाल्डोः ४१ वर्ष १३८ दिन
३) पेपेः ३९ वर्ष २८३ दिन
४) लियोनेल मेस्सीः ३८ वर्ष ३६३ दिन
५ं) गन्नार ग्रेनः ३७ वर्ष २३६ दिन
६) कुआउह्तेमोक ब्लान्कोः ३७ वर्ष १५१ दिन
७) फेलिप बालोयः ३७ वर्ष १२० दिन
८) मार्को अर्नाटोभिकः ३७ वर्ष ५८ दिन
९) ओब्डुलियो भारेलाः ३६ वर्ष २७९ दिन
१०) मार्टिन पालेर्मोः ३६ वर्ष २२७ दिन
११) जर्जेस ब्रेगीः ३६ वर्ष १५२ दिन
१२) रामिन रेजायनः ३६ वर्ष ८६ दिन
१३) ओलिभियर जिराउडः ३६ वर्ष ७१ दिन
१४) टम फिनीः ३६ वर्ष ६४ दिन
१५) मिरोस्लाभ क्लोसः ३६ वर्ष २९ दिन
१६) जोन एल्ड्रिजः ३५ वर्ष २७९ दिन
१७) निल्स लिडहोमः ३५ वर्ष २६४ दिन
१८) जियोभानी भ्यान ब्रोंकहोर्स्टः ३५ वर्ष १५१ दिन
१९) राफा मार्केजः ३५ वर्ष १३० दिन
२०) रिकार्डो पेलाएजः ३५ वर्ष १०३ दिन