छत्रदेव गाउँपालिकाको ५३ करोड ६६ लाखको बजेट सार्वजनिक, कृषि–शिक्षा–स्वास्थ्यलाई उच्च प्राथमिकता (तस्बिर सहित )

अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष मणि पन्थीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण तथा बजेट प्रस्तुत गर्नुभएको थियो। उहाँले गत आर्थिक वर्षको वित्तीय अवस्थाको समीक्षा गर्दै विकासमुखी र जनमुखी कार्यक्रम समेटिएको बजेट सार्वजनिक गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ११ लाख रुपैयाँ, सशर्त अनुदान २७ करोड रुपैयाँ, समपूरक अनुदान ७० लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ८ करोड ६७ लाख ३४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यससँगै संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान ४७ करोड ४८ लाख ३४ हजार रुपैयाँ रहनेछ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख रुपैयाँ, सशर्त अनुदान १५ लाख रुपैयाँ, विशेष अनुदान २१ लाख रुपैयाँ, समपूरक अनुदान ७५ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट प्राप्त हुने कुल अनुदान ३ करोड ४६ लाख ८७ हजार रुपैयाँ रहेको छ।

May be an image of text

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पर्यटन प्रवर्द्धन, युवा स्वरोजगार तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। साथै सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई बजेटको मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।

May be an image of one or more people

गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि सदस्यहरूले छलफल गरी विभिन्न सुझाव दिएका थिए। गाउँपालिकाले समग्र विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ।

May be an image of one or more people

images

अधिवेशनमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। गाउँसभाबाट बजेट तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षका विकास निर्माण तथा सेवा प्रवाहका योजनाहरू कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ।

May be an image of temple and text that says "समृद्ध गाडपालिकाहाम्रो ससमांालिकासदी हाको अभियान" "का्रदेवकोशान: छतरदेवको शान: सुन्दर, शान्त, "मरावेकके गत: बुत्बर. देव गरउँपालिका राक्ता, सभाको शशऔं अधिवेशन मिति: २०८३ असार 평 समाहल. छत्रगर्ज. अर्धासांची जय सਮাघਬस वासदेव बासदेवसनाल खनाल सचिव በሆእ"

images

तस्बिर : केशव पन्थी / Arghakhanchi.com

May be an image of ‎dais, temple and ‎text that says "‎ककारदेवकोशान: सुन्दर, शान्त, समृद्ध गाडपालिकाहाम्रो अभियान राड़ो अनियान "तत्रेवकोरान सून्बर शान्तहतपुर देव गाउँपालिका भाको शश्औों अधिवेशन मिति: २०८३ असार 0 गते अ्पाळो समाहल. छतगज. अर्धासांची বতরলাজেগাত सभाध्याक्ष जय छत्र बासुदेव बासुदेवसनाल खनाल सचिव 神國製戏 اه‎"‎‎

images

May be an image of text that says "न्दां तिम्त चार-सुत्रय Isit Truth 3 Concerned? Willitbuil build Goodwilland hetter friendship? Will be Beneficial all concerned ? दषिय कसि त अन्याय पर्देन ? भाव बढाउला त ? ? ार्लां 3OF BUTWAL NTOWN लिका यालय छब्बदेय गाहेँका हायक्रम बजेटत बजेटत 3TT. 0ん CTN"

May be an image of text

May be an image of temple and text that says "कत्रदेवकोशान: सुन्दर, शान्त, सर घत्रेको यान: 명 छत्र गाड बैठक सहत स्थान BE प्रपालिकाहाम्रो अभियान गाडंयालिका हाझ्ो मरअमियान" लिका धिवेशन ३ असार 90 असार१गते 0ग गते ची जयछत्रदे जय घत्रदेव बन्नमानश्रेज। বণগুলমান सभाध्यक्ष स्रन्स्द्र E हरन् A वासूदेव बासुदेवसनाल खनाल सचिव"

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #ChhatradevGaunpalika #Budget2083 #Arghakhanchi #LocalGovernment #Development #Agriculture #Education #Health #NepalNews

Nepal life insurance