
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने काठमाडौँ र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १० जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १४ जना, गण्डकी प्रदेसमा १७ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ३ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।




