कुन विश्वकपमा मेस्सीकाे कति गोल ? ताेडन सकेनन राेनाल्डाेकाे किर्तिमान

काठमाडौं, १५ असार । लियोनेल मेस्सीले फिफा विश्वकपको इतिहासमा हालसम्म १९ गोल गरिसकेका छन ।

हिजो जोर्डन विरुद्धको खेलसम्म उनले कुल १९ गोल गरेर फिफा विश्वकपमा विश्व किर्तिमान कायम गरेका हुन ।

उनको पहिलो विश्वकप यात्रा २००६ मा सर्बिया एण्ड मोन्टेनेग्रो विरुद्धको समुह चरणको खेलमा १ गोल गरेर उनले विश्वकपमा गोलयात्रा सुरू गरेका हुन् भने यसअघि अस्ट्रिया विरुद्धको समुह चरण खेलमा २ गोल गरे पछि उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् । २०२६ को विश्वकपमा अस्ट्रिया र जोर्डन विरुद्ध गोल गरेसँगै मेस्सी पुरुष तथा महिला दुवैतर्फ फिफा विश्वकपको इतिहासमा सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

मेस्सीले खेलका ६ विश्वकप मध्ये २०१० काे विश्वकपमा भने उनले कुनै गाेल गर्न सकेनन् जबकी उनीसँगै विश्वकप यात्रा सुरू गरेका पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले भने ६ वटै विश्वकपमा गाेल गर्ने खेलाडीकाे रूपमा इतिहास कायम गरेका छन । तर, यस रेकर्डमा मेस्सी चुकेका छन् किनभने उनले २०१० काे विश्वकपमा एक गाेल पनि गरेका थिएनन् । मेस्सीले कुन विश्वकपमा कति गाेल हाने, जानाैंः

२०२६ फिफा विश्वकपः 

अल्जेरिया विरुद्धः ३ गोल (ह्याट्रिक ) समूह चरण

अस्ट्रिया विरुद्धः २ गोल (समूह चरण), जहाँ उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका थिए ।

जोर्डन विरुद्दः १ गोल (समूह चरण)

२०२२ फिफा विश्वकपः ७ गोल

images

साउदी अरेबिया विरुद्धः १ गोल (समूह चरण)
मेक्सिको विरुद्धः १ गोल (समूह चरण)
अस्ट्रेलिया विरुद्धः १ गोल (राउन्ड अफ १६)
नेदरल्यान्ड्स विरुद्धः १ गोल (क्वार्टरफाइनल)
क्रोएसिया विरुद्धः १ गोल (सेमिफाइनल)
फ्रान्स विरुद्धः २ गोल (फाइनल)

२०१४ फिफा विश्वकपः ४ गोल

images

बोस्निया एण्ड हर्जगोभिना विरुद्धः १ गोल (समूह चरण)
इरान विरुद्धः १ गोल (समूह चरण)
नाइजेरिया विरुद्धः २ गोल (समूह चरण)

२०१८ फिफा विश्वकपः १ गोल

images

नाइजेरिया विरुद्धः १ गोल (समूह चरण)

२००६ फिफा विश्वकपः १ गाेल
सर्बिया एण्ड मोन्टेनेग्रो विरुद्धः १ गोल (समूह चरण)