शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

नयाँदिल्ली, १५ असार । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश फर्कने घोषणा गरेकी छिन्। भारतीय टिभी च्यानल एनडीटीभीको अन्तर्वार्तामा शेख हसिनाले यसै वर्ष आफ्नो मातृभूमि बंगलादेश फर्कने बताएकी हुन् ।

एक बर्ष अघि बंगलादेशमा भएको बिद्रोह पछि नयाँ दिल्ली, भारतमा निर्वासनमा रहेकी पुर्व प्रधानमन्त्री हसिनाले यसै बर्ष स्वदेश फर्कने जनाएकी हुन्, जबकी सो बिद्रोह पछि उनलाई बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ र बंगलादेश फर्के पनि धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपर्ने हुन्छ ।

उनले बंगलादेशको धेरै पटक प्रधानमन्त्रीको रूपमा नेतृत्व गरेकी थिइन् र जुन उनका बुबा मुजिबुर रहमानले पाकिस्तानसँग छुटाएर अलग्गै बंगलादेश स्थापना गरेका थिए।

उनले अन्तरबार्तामा भनिन् कि उनको पार्टी केवल एउटा संगठन मात्र होइन, एउटा शक्ति पनि हो। उनका अनुसार अल्पसंख्यकहरू माथिको आक्रमण  बंगलादेशको स्वतन्त्रतामाथिको आक्रमण हो।

गत जन २३ मा उनको पार्टी अवामी लिगको स्थापना दिवस मनाईएको थियो, सो अवसरमा भाग लिन गएका दर्जनौं अवामी लिग कार्यकर्ताहरूलाई पक्राउ गरिएको थियो।

एनडिटिभीले उनलाई सोधेको थियो कि तपाईंका समर्थकहरू यस वर्ष तपाईंको सम्भावित फिर्तीको बारेमा आशावादी छन् तर तपाईं विरुद्ध मृत्युदण्डको सजाय सुनाइएपछि यो कति सम्भव छ ?

शेख हसीनाको जवाफमा भनेकी छिन, ‘मेरो फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय होइन, यो बंगलादेशका जनताको राजनीतिक अधिकार, लोकतन्त्रको पुनर्स्थापना, कानूनको शासन र मुक्ति युद्धको भावनासँग जोडिएको मुद्दा हो।’

उनले अगाडी भनिन, ‘म सत्ताको लागि राजनीतिमा संलग्न छैन, बरु म जनताको कल्याण र राष्ट्रपिता बंगबंधु शेख मुजीबुर रहमानको सुनौलो बंगालको सपना साकार पार्नको लागि त्यसो गर्नेछु । मेरो विरुद्धमा सुनाइएको फैसला न्याय होइन, बरु यो एक गैरकानूनी, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित प्रक्रियाको अंश मात्रै हो । अवामी लिगलाई नेतृत्व विहीन छोड्ने प्रयासमा न्यायपालिकालाई राजनीतिक प्रतिशोधको साधनमा परिणत गरिएको छ। विगतमा पनि यस्ता प्रयासहरू भएका छन् तर ती असफल भएका छन्।’

जवाफमा उनको अझ तर्क थियो कि, ‘मलाई मृत्युसँग डर लाग्दैन, मैले १९७५ मा मेरा आमाबाबु, दाजुभाइ र लगभग सम्पूर्ण परिवार गुमाएँको थिए। अगस्ट २१ मा म ग्रेनेड आक्रमणको निशानामा परेंको थिए, मेरो विरुद्धमा धेरै षड्यन्त्रहरू रचिएका थिएँ तैपनि म सधैं जनताको साथमा उभिएँ। जनताले मलाई ५–५ पटक प्रधानमन्त्री चुने र मैले राष्ट्रको विकासको लागि काम गरें। त्यसैले, म स्पष्ट रूपमा भन्न चाहन्छु कि सबै अवरोध र षड्यन्त्रहरू पार गर्दै म यस वर्ष मेरो देश फर्कनेछु।’

images