
काठमाडौं, १५ असार । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको भनेर आलोचना खेपिरहेका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो २०२६ मा सर्बाधिक कमाउने खेलाडीको रेकर्ड भने कायमै राखेका छन् ।
धनी र महंगा सेलिब्रेटीहरूका बारेमा लेख्ने विश्व प्रसिद्द पत्रिका फोर्ब्सका अनुसार फुटबलका रोनाल्डो यस बर्षका सबैभन्दा महंगा खेलाडी हुन् भने फिफा विश्वकपमा सर्बाधिक गोल गर्ने अर्जेन्टेनी स्टार लियोनेल मेस्सी तेस्रो नम्बरमा रहेका छन । रोनाल्डोले ३०० मिलियन अमेरिकन डलर कमाउँदा मेस्सी भने १४० मिलियन अमेरिकन डलरमा सिमित भएका छन्, जुन रोनाल्डोको कमाईको रकम भन्दा आधा नै कम हो ।


पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाली क्लब अल नासरसँग साढे दुई वर्षको सम्झौतामा सामेल भए पछि उनी एकैपटक धनी खेलाडीको रूपमा परिचित भएका हुन । उनी म्यानचेस्टर युनाइटेड छोडेर साउदी क्लबमा आबद्द भएका हुन् । पाँच पटकका बालोन डी’ओर विजेता २०२५ सम्म सम्झौतामा जाँदा नै २४० मिलियन डलरमा गएको भनिएको थियो ।

उता, ७ पटकका बालोन डीओर विजेता तथा विश्वकप विजेता लियोनेल मेस्सी पिएसजी छाडेर अमेरिकन क्लब इन्टर मियामी सीएफमा सामेल भएका थिए, सुरूमा २०२५ सम्म उनीहरूको सम्झौता हुदाँ ५०–६० मिलियनसम्मको सम्झौतामा गएको भनिएको थियो। अहिले उनको रकम बढेको छ ।
साथै, त्यसो त फुटबलका ३ खेलाडी मात्रै सर्बाधिक कमाउने १० को सुचीमा रहदाँ अमेरिकन ३ खेलाडी पनि सर्बाधिक कमाउने सुचीको १० औं भित्र नै पर्न सफल भएका छन्, अमेरिकाका तीनै खेलाडी भने बास्केटबलका हुन् ।
फोर्ब्सका अनुसार साउदी अरबको क्लबमा सामेल रहेको युरोपियन स्टार रोनाल्डोले हालसम्म ३०० मिलियन कमाएका छन् भने अमेरिकन क्लबसँग आबद्द मेस्सीले जम्मा १४० मा सिमित रहेका छन्, बरू मेस्सी भन्दा बढी मेक्सिकन बक्सिङ खेलाडी क्यानेलो अल्भारेजले ३० मिलियन बढी अर्थात १७० मिलियन कमाई गरेका छन ।

चौथों नम्बरका बास्केटबलका अमेरिकन खेलाडी लेब्रोन जेम्स छन, जसको कमाई १३७.८ मिलियन डलर रहेको छ भने पाँचौं नम्बरमा रहेका जापानी बेसबल खेलाडी शोहेई ओतानीले यस बर्ष १२७.६ मिलियन डलर कमाई गरिसकेका छन ।


छौटौं नम्बरमा रहेका बास्केटबलकै अमेरिकन खेलाडी स्टेफन करी १२४.७ मिलियन डलर कमाउँदा स्पेनका गल्फ खेलाडी जोन रामले १०७ मिलियन डलर कमाई गरेका छन् । सर्बाधिक कमाउने खेलाडीको उनी सातौं नम्बरमा रहेका छन् ।
फुटबलमा तेस्रो सबैभन्दा बढी कमाउने फ्रान्सका करिम बेन्जेमा हुन, जसले यो बर्ष मात्रै १०४ मिलियन डलर आम्दानी गरेका थिए, उनी सर्बाधिक कमाउने खेलाडीको आठौं नम्बरमा रहेका छन् ।
अमेरिकाका बाँस्केटबल खेलाडी केभिन डुरान्ट १०३. ८ मिलियन डलर कमाउँदा बेलायतका फर्मुला १ चालक चालक लुइस ह्यामिल्टनको आम्दानी १०० मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।




