माओवादी सिपी गजुरेलद्धारा प्रचण्डले समायोजनको नाममा जनमुक्ति सेनालाई आत्मा समर्पण गराएर गद्दारी गरेको आरोप

– डिल्लीराम खतिवडा

 

उदयपुर,  – माओवादीका सचिव सिपी गजुरेलले सेना समायोजनको नाममा नेपाली सेना परिचालन गरेर जनमुक्ति सेनालाई घेरा हालेर राखेको बताएका छन् ।

सचिव गजुरलले भने, ‘नेपाली सेनाका परामधिपति राष्ट्रपतिलाई थाहै नदिई सेना परिचालन गरियो ।’ सेना परिचालन गर्न परामधिपतिलाई अनुमति लिनु पर्ने तर नलिइने वर्तमान सविधान विपरित सेना परिचाल गरेर जनमुक्ति सेनालाई घेरा बन्दी गरेको उनले बताए ।

आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा बैद्य पक्षीय क्रान्तिकारी पत्रकारले गरेको संचारकर्मी भेटघाटमा बोल्दै गजुरेलले पार्टी अध्यक्ष प्रचण्डलले समायोजनका नाममा जनमुक्ति सेनालाई आत्मासमर्पण गराएको जनाए । उनले भने, ‘अध्यक्ष प्रचण्डले समायोजनको नाममा जनमुक्ति सेना आत्मा समर्पण गराएर गद्दारी गरेका छन् ।’ पार्टी अध्यक्ष प्रचण्डले गद्दारीमात्रै गरेनन् आफैंले सेना परिचालन गरेर जनमुक्ति सेनामाथि विश्वासघात समेत गरेको उल्लेख गरे ।

पार्टी प्रशिक्षणका लागि यहाँ आएका नेता गजुरेलले वर्तमान संविधान विपरित सेनाका परामधिपतिलाई नासोधी सेना परिचालन गर्न पनि कांग्रेस र एमाले नबोलेको बताए । उनले भने, ‘एमाले र कांग्रेसलाई जनमुक्ति सेना विर्सजन गर्नु थियो , त्यसैले सविधान मिच्दा समेत बोलेनन् ।’

‘९ हजार लडाकुको नाममा निकासा भएको रकम कहाँ गयो ?’ गजुरेलले प्रश्न गर्दै भने, ‘त्यसको जवाफ अध्यक्षले जनतालाई दिन सक्नुपर्छ । ‘ कमाण्डरले माथि बुझाए भनेका छन्, माथी भनेको को हो ?उनले भने ‘रकमकै बिषयमा बिबाद हुँदा केही शिविरका कमाण्डरले लडाकुको हातको कुटाइसमेत खाएका हुन् । ‘

‘जनमुक्ति सेनाको अरबौं रुपैयाँ घोटाला गरेर संस्थापन पक्षका केही व्यक्तिको वर्ग उत्थान भएको छ’ गजुरेलले भने, ‘त्यही भ्रष्टाचारलाई ढाकछोप गर्न हतार हतारमा जनमुक्ति सेनाका शिविरमा सेना परिचालन गरिएको हो ।’ अब नेपाली जनताले पार्टी नेतृत्वसँग शिविरको हिसाब किताब माग्ने गजुरेलले बताए ।