म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तिर्ण

म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजारभन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आईतवार सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् ।

विभागकाअनुसार यस वर्षको परीक्षामा कुल २ लाख ५५ हजार २ सय २८ परीक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये समग्र उत्तीर्ण प्रतिशत ५२.३७ रहेको छ । क्षेत्रगत नतिजाअनुसार म्याण्डेले प्रदेशले सर्वाधिक सफलता प्राप्त गरेको छ ।

म्याण्डेलेबाट परीक्षामा सहभागी ४५ हजार ६ सय ३५ विद्यार्थीमध्ये २८ हजार ३ सय ९३ जना उत्तिर्ण भएका छन्, जुन ६२.२२ प्रतिशत हो । विभागले यस वर्षको परीक्षामा देशभरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि म्यान्डेले प्रदेशकै रहेको जानकारी दिएको छ ।