पराजय पछि जर्मनी पत्रिकाले लेख्यो, ‘जर्मन फुटबलको अर्काे दुःस्वप्न’

काठमाडौं, १६ असार । एक समय थियो, जब जर्मनीले फुटबल प्रतियोगिता जित्ने अपेक्षा गरिएको थियो।

पश्चिम जर्मनीको रूपमा प्रतिस्पर्धा गर्ने आफ्नो जादूलाई समावेश गरेर यसपटक पनि जादु देखाउँछन भन्ने अपेक्षा गरिएको थियो । तर, पेनाल्टीमा दक्षिण अमेरिकी मुलुक पराग्वेसँग पेनाल्टीमा पराजित भए पछि यतिखेर जर्मन स्तब्ध बनेको छ ।

जबकी उनीहरूले चार पटक विश्वकप जितेका छन् भने चार पटक फाइनलमा हारेका छन्। त्यति मात्रै होइन,  उनीहरूले युरोपेली च्याम्पियनशिपको ६ वटा फाइनलमध्ये तीनवटा जितेर एेतिहासिक रेकर्ड बनाएक पनि थिए ।

बीबीसले लेखेको छ, ‘तर ती दिनहरू सकिएका छन्।’

मंगलबार जर्मनी पत्रिका बिल्ड अखबारले पहिलो पृष्ठमा लेखिएको छ, ‘जर्मन फुटबलको अर्काे दुःस्वप्न’ । र, यही शीर्षकको साथ जर्मनी फुटबल भविश्यका बारेमा सारांशित गरेको छ, जुन जर्मनीको विश्वकप दौड अन्तिम ३२ मा अचानक रोकिए पछि उसले हेडलाइन बनाएर प्रकाशित गरेकाे हाे ।

खासमा अतिरिक्त समयको अन्त्यसम्म १–१ को बराबरी खेलेको जर्मनी त्यो बेला स्तब्ध भयो, जब पाराग्वेसँग पेनाल्टीमा ४-३ ले पराजित हुन पुग्यो ।

सन २०१४ मा आफ्नो सबैभन्दा पछिल्लो विश्वकप बिजेतको सफलता पछि जर्मनी दुई पटक समूह चरणबाट बाहिर निस्कन असफल भएको थियो तर २०२६ नकआउट चरणमा प्रवेश गर्न सफल भए पनि निकै कमजोर मानिएको पराग्वेसँग लामो समयसम्म याद हुने हार बेहोर्नु पर्ने अवस्थामा पुग्यो ।

प्रतियोगिताको सुरुमा दक्षिण अमेरिकी मुलुक पाराग्वे खासमा फिफा विश्व वरीयतामा ४१ औं स्थानमा थियो, जबकी उस भन्दा ३१ बरियता माथी जर्मनी १० औं स्थानमा थियो। तर त्यसले दक्षिण अमेरिकी टोलीलाई विश्वकप पेनाल्टी सुटआउटमा जर्मनीलाई पहिलो हार दिलाउनबाट रोक्न सकेन्।

‘जब तपाईं पाराग्वेसँग खेलेपछि विश्वकपबाट बाहिरिनुहुन्छ यो धेरै तीतो हुन्छ, यो धेरै पीडादायी हुन्छ,’ जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले भने, ‘यो लगातार तेस्रो पटक प्रतियोगिताबाट बाहिरिएको हो, त्यसैले हामी अब प्रथम श्रेणीको टोलीको हिस्सा छैनौं।’

images

यो विश्वकप २०२६ मा पहिलो पटक पेनाल्टीमा पुगेको अवस्था थियो भने अर्को दावेदार मानिएको नेदरल्याण्ड पनि पेनाल्टी सुट आउटमा अफ्रिकन मुलुक मोरोक्कोसँग पराजित हुन पुगेको छ । अघिल्लो विश्वकपमा चौथों स्थानमा रहेको मोरोक्कोले बिश्वकप बिजेताको दावेदार मानिएको डच टोलीलाई हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको छ । अब उ विश्वकप सह आयोजक राष्ट्र क्यानडासँग प्रतिस्पर्धामा उत्रनेछ ।