बाजुराको कुवाडी खोलामा पानीको बहाब बढेपछि कच्ची साघु निर्माण

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ स्थित च्याचोर नजिकै रहेको कुवाडी खोलामा पानीको बहाब बढेपछि स्थानीय वासिन्दा तथा पशुचौपाया आवातजावत गर्नको लागि काठको कच्ची साघु निर्माण गरिएको छ ।

उक्त खोलामा पानीको बहाब बढेर पुरानो साघु बगाएपछि सो क्षेत्रमा स्थानीय वासिन्दा तथा पशुचौपाया आवतजावत गर्न अवरोध भएको थियो ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश लाम्पाटा तथा नेपाल प्रहरीको संयुक्त टोलीले उक्त खोलामा काठको साघु निर्माण गरी स्थानीय वासी तथा पशुचौपायाको उद्धार गरेको हो ।