झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण

झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईले आज दिउंसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा आत्मसमर्पण गरेका छन् । पौडेलको हत्या भएलगत्तै फरार भएका राईले आफू हत्यामा संलग्न नरहेको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्न आत्मसमर्पण गरेको बताएका छन् ।


पाँचथर घर भई झापा, अनारमुनीमा डेरा गरी बस्दै आएका राईले पौडेलको हत्या भएपछि आफू भारतको सिलगुढी पुगेको पनि बताएका छन् ।