
दक्षिण चीन सागरमा अवस्थित चीनको सिसा टापु समूह अन्तर्गतको झोङसाझाउ टापुमा ग्रेटर क्रेस्टेड टर्न चराहरूको प्रजनन स्थल रहेको पुष्टि भएको छ ।
यो प्रजाति चीनको दोस्रो श्रेणीको संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ ।


वैज्ञानिकहरूले हालै गरेको अध्ययन र अनुगमनका क्रममा जुलाई १ सम्ममा सो क्षेत्रमा करिव ३०० वटा चरा र लगभग २०० वटा गुँडहरू फेला पारेका हुन् । यस महत्वपूर्ण खोजले उक्त टापुमा यी दुर्लभ चराहरूको नयाँ प्रजनन क्षेत्र विकास भएको तथ्यलाई उजागर गरेको छ ।





