फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड

काठमाडौं, २० असार । केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ ।

पहिलो पटक विश्वकपमा सामेल भएको केप भर्डेलाई संघर्षमय जीत हासिल गर्दै अर्जेन्टिना अन्तिम १६ मा सुरक्षित भएको हो । उसले ३–२ को कठिन जीत हासिल गरेको हो ।

यो जीत हासिल गरेसँगै अर्जेन्टेनी स्टार लियोनेल मेस्सीले धेरै फिफा विश्वकपमा धेरैवटा रेकर्ड पनि बनाएका छन । जसअनुसार मेस्सी विश्वकपमा ३० खेल खेल्ने विश्वकै एकमात्र फुटबल खेलाडी बनेका छन्।

उनको दोस्रो रेकर्ड हो, मेस्सी हालको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, उनले अहिलेसम्म ७ गोल गरिसकेका छन् र तेस्राे मेस्सी दुईवटा विश्वकप संस्करणहरूमा ७-७ गोल गर्ने विश्वकै पहिलो फुटबल खेलाडी बनेका छन्।

चाैथाे, मेस्सीले आफ्नो विश्वकप करियरमा २० गोल गरेका छन्, उनी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने पनि खेलाडी हुन्।

र,  मेस्सीले लगातार विश्वकप खेलमा गोल गरेका छन् र उनी लगातार सबैभन्दा धेरै खेलमा गोल गर्ने खेलाडीसमेत बनेका छन्।