
तेहरान, २० असार । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम बिदाइको कार्यक्रम सुरु भएको छ।
खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न इरानका राष्ट्रपति मसुद पेजेस्कियान लगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरान पुगेका छन्। यद्यपि, सुरक्षा कारणवश आयातोल्लाह अली खामेनीका छोरा मोजताबा खामेनी भने यसमा अझै सहभागी भएका छैनन्।


अन्त्येष्टि समारोहमा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका छन । यद्यपि, रुस, चीन, भारत र टर्कीजस्ता राष्ट्रका शीर्ष नेताहरू भने अनुपस्थित रहेका छन भने । इरानबाट निमन्त्रणा पाए पनि उनीहरूले तल्लो तहका प्रतिनिधिहरू मात्र पठाएका छन् ।


यद्यपि, पाकिस्तान, इराक, आर्मेनिया, ताजिकिस्तान र जर्जियाजस्ता देशका शीर्ष नेताहरू यस समारोहमा सहभागी भएका थिए ।





