काठमाडौ, वैशाख ११ – नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग गरिएको छ ।
सिंहदरबारमा बसेको विवाद समाधान उपसमितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उक्त प्रस्ताव गरेका हुन् ।
काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार पर्सी बुधबार संवैधानिक समिति र विवाद समाधान उपसमितिको बैठक राख्ने निर्णय गरेको छ ।
दाहालकै प्रस्ताव अनुसार संविधानसभाको बैठक आगामी वैशाख १४ गते बस्ने संविधानसभाको बैठकमा सहमति भएका विषयलाई अनुमोदनका लागि लगिने र विवादित विषयलाई निर्वाचन प्रक्रियाबाट टुङ्ग्याइने बताए ।
– कान्तिपुर