
———————————-

म आफ्नै आधार बदल्न खोज्दै छु ।
पुरानो बिचार बदल्न खोज्दै छु ।।

मानिस एउटै जात भो फरक
रुढिबादी संस्कार बदल्न खोज्दै छु ।।

जङली युगको अन्त्य भो रे आज
म बस्ने ओढार बदल्न खोज्दै छु ।।

पतझर जिन्दगी होइन मौसम
बसन्तको बहार बदल्न खोज्दै छु ।।
जहाँ छ अशिक्षा,बेरोजगार शहर
म त्यहीं संसार बदल्न खोज्दै छु ।





