
कैलाली, २१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
धनगढीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका–२ डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
हेमन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




