हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं, २२ असार । नर्वे पहिलो पटक फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा पाँच पटक विश्व बिजेता रहेको ब्राजिललाई २–१ ले हराउँदै नर्वे क्वाटर फाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरेका थिए । पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा भने हालान्ड चम्किन पुगेका हुन ।

पहिलो हाफमा ब्राजिलले पाएको पेनाल्टी मिस गरे पछि उ दबाबमा रहदैँ आएको थियो, ब्रूनो गीमरेस ४० वर्षयता विश्वकपमा पेनाल्टी मिस गर्ने पहिलो ब्राजिलियन खेलाडी बने पछि अग्रता लिने मौका चुकाउन पुगे ।

हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेर सहज जीत निकालेका हुन तर ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काउन भने सफल भएका थिए । खेल सकिनै लाग्दा ९० प्लस + १० औं मिनेटमा उनले पेनाल्टीमार्फत सान्तवना गोल गरेका हुन्।

योसँगै हालान्डले पनि जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन्। गोन्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे पनि ७ गोलसँगै दौडमा रहेका छन्। अर्लिङ हालान्डले नर्वेका लागि लगातार १४ खेलमा गोल गरेका छन्। ती खेलहरूमा उनले २७ गोल गरेका छन्। प्रति खेल औसतमा झन्डै दुई गोल उनले गरेर  रेकर्ड बनाएका छन् ।

ब्राजिल र नर्वेबीच यसअघि पनि ४ वटाअन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्, यीमध्ये नर्वेले दुई खेल जितेको थियाे भने दुई खेल बराबरीमा टुंगिएका थिए । तर, याे विश्वकपमा पहिलो जीत निकाल्ने ब्राजिलको सपना हालान्डको सामु केही लागेन ।  पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा अन्तिम १६ बाटै टुंगिएर बाहिरन पुगेको छ ।