
काठमाडौं, २२ असार । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नाममा फुटबल इतिहासकै केही सबैभन्दा ठूला र कीर्तिमानी रेकर्डहरू रहेका छन्। उनले क्लब र अन्तर्राष्ट्रिय दुवै स्तरमा असाधारण कीर्तिमानहरू बनाएका छन्।
उनले आफ्नो सन्यासका बारेमा सोधिएको प्रश्नको जवाफमा भनेका पनि थिए, ‘मलाई स्पेनसँगको खेलमा जीत र हारको कुनै अर्थ रहने छैन, हामी त्यहाँ राम्ररी खेल्नेछौं र उत्सव मनाउने छौं तर पनि ब्यक्तिगत रूपमा मैले फुटबललाई धेरै दिइसके, मैले जति फुटबललाई कसैले पनि दिएको छैन तसर्थ यो खेलमा जीत र हार मेरा लागि दुवै मान्य छन् ।’ यसको यो अर्थ पनि हो, रोनाल्डोले विश्व फुटबललाई जे जति दिएका छन्, न हिजो कसैले दियो, न सायदै भोली कसैले दिन सक्नेछ ।


रोनाल्डोका प्रमुख ऐतिहासिक कीर्तिमानहरू अनुसार अन्तर्राष्ट्रिय फुटबलका उनको किर्तिमान अरूको भन्दा बढी रहेको छ । रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता खेलाडी हुन् । उनले पोर्चुगलका लागि १४६ गोल गरिसकेका छन्, जुन पुरुष अन्तर्राष्ट्रिय फुटबलको इतिहासमै सबैभन्दा धेरै हो।
त्यसो त ६ वटा विश्वकपमा गोल गर्ने उनी एक मात्रै खेलाडी हुन । सन् २०२६ को फिफा विश्वकपमा उज्बेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने इतिहासकै पहिलो पुरुष खेलाडी बनेका छन्।


सर्वाधिक अन्तर्राष्ट्रिय खेलको खाता पनि उनको नाममा रहेको छ । उनले आफ्नो देशका लागि २३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्, जुन विश्व कीर्तिमान हो।

उनी युरो कपमा पनि अनेक रेकर्ड बनाएका छन । उनी युरो कप इतिहासकै सर्वाधिक गोलकर्ता अर्थात १४ गोल गर्ने खेलाडी र सबैभन्दा धेरै असिस्ट ८ असिस्ट गर्ने युरोपियन खेलाडीसमेत पनि हुन्। साथै, सन् २०२६ सम्ममा त उनी विश्वकप र युरो कप मिलाएर २५ भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
त्यसो त युरोपेली च्याम्पियन्स लिगमा पनि उनको निकै कीर्तिमानहरू रहेका छन । सर्वकालीन उच्च गोलकर्ताको रूपमा रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन्, जुन यो प्रतियोगिताको इतिहास मै सबैभन्दा धेरै हो।

एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी पनि उनी नै हुन । सन् २०१३–१४ को सिजनमा रियल म्याड्रिडबाट खेल्दै उनले एकै च्याम्पियन्स लिग सिजनमा १७ गोल गरेर कीर्तिमान बनाएका थिए। च्याम्पियन्स लिगमा गोल मात्र नभई सर्वाधिक ४२ वटा असिस्ट गर्ने कीर्तिमान पनि उनकै नाममा रहेको छ।
र, आधुनिक च्याम्पियन्स लिगको स्वरूपमा उनी संलग्न रहदाँ ५ पटक यो उपाधि जित्ने उनी प्रमुख खेलाडी हुन्।
र, समग्र खेल जीवन र क्लब फुटबलका कीर्तिमान पनि उनकै नाममा रहेको छ । फुटबल इतिहासकै सर्वाधिक गोल गर्ने रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवन (क्लब र देशसहित) ९७० भन्दा बढी आधिकारिक गोल गरिसकेका छन्। जसका कारण उनी आधुनिक फुटबल इतिहासकै शीर्ष गोलकर्ता हुन्।
त्यति मात्रै होइन, ४ फरक लिगका शीर्ष गोलकर्ता पनि उनी नै हुन । उनी विश्वका ४ फरक फरक देशका शीर्ष डिभिजन लिगहरू जस्तै, इङ्गल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ए, र साउदी प्रो लिग मा शीर्ष गोलकर्ताबन्ने एक मात्र खेलाडी हुन्।

त्यसो त बिभिन्न क्लबवाट १००ं गोलको कीर्तिमान राख्ने उनी एक्ला खेलाडी हुन । उनी चारवटा फरक क्लब, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीबाट १०० भन्दा बढी गोल गर्ने एक्लो खेलाडी हुन्।
त्यसो त, रोनाल्डो व्यक्तिगत ठुला सम्मानहरू पनि पाएका छन । उनले ५–५ पटक बलोन डी ओर, जो विश्वकै प्रतिष्ठित फुटबल पुरस्कार पनि हो, उनले सो पुरस्कार २००८, २०१३, २०१४, २०१६, २०१७० जितेका थिए । त्यति मात्रै होइन, उनले ४ पटक युरोपियन गोल्डेन सुज पनि जितेका छन, जुन युरोपको आन्तरिक लिगहरूमा सर्वाधिक गोल गरे बापत उनले ४ पटक यो अवार्ड पाएका हुन ।




