
उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा नदीको जलस्तर बढेपछि आएको बाढीमा फसेका २०० भन्दा बढी चौपायाको सुरक्षित उद्धार गरिएको छ ।
दमकलकर्मीहरूले स्थानीय गोठालाहरूको सहयोगमा झन्डै तीन घण्टाको अथक प्रयासपछि ती जनावरहरूलाई सुरक्षित स्थानमा पु¥याउन सफल भएका हुन् ।


नदीमा अचानक आएको बाढीका कारण ती चौपायाहरू बीचमा फसेर जोखिममा परेका थिए । सुरक्षाकर्मी र स्थानीयको संयुक्त टोलीले कुशलतापूर्वक सबै जनावरहरूलाई सुरक्षित क्षेत्रमा निकालेको छ ।





