
हंगेरीका प्रधानमन्त्री पिटर माघ्यारले आफ्नो देशले युक्रेनलाई हतियार वा सैन्य जनशक्ति उपलब्ध नगराउने स्पष्ट पार्नुभएको छ । टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री माघ्यारले मानवीय सहायता र नेटोको एकताप्रति बुडापेस्ट प्रतिवद्ध रहेको बताउनु भयो ।
जारी द्वन्द्वका विषयमा हंगेरी सरकारको धारणा स्पष्ट पार्दै उहाँले युक्रेन ‘पीडित’ पक्ष भएको र आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्ने अधिकार उसलाई रहेको बताउनु भयो ।


उहाँले यो निर्णय गत अप्रिलमा सम्पन्न निर्वाचनमा हंगेरीका मतदाताले दिएको स्पष्ट जनादेशअनुरूप भएको समेत उल्लेख गर्नुभयो ।

यसैबीच, प्रधानमन्त्री माघ्यारले मङ्गलवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग छोटो कुराकानी भएको जानकारी दिनुभयो । दुवै नेताहरू निकट भविष्यमा द्विपक्षीय बैठक बस्न सहमत भएको उहाँले बताउनु भयो ।




