
केन्याका राष्ट्रपति विलियम रुटोले बुधवार सार्वभौम सम्पत्ति कोष विधेयक २०२६ मा हस्ताक्षर गर्नुभएको छ ।
यस नयाँ कानुनले देशको सार्वजनिक सम्पत्तिको व्यवस्थापन र पुनः लगानीका लागि एक व्यवस्थित कानूनी संरचना तयार गरेको छ । नयाँ व्यवस्थाअनुसार केन्याको पेट्रोलियम र खनिज क्षेत्रबाट प्राप्त हुने कूल राजश्वको ३० प्रतिशत हिस्सा भविष्यका पुस्ताका लागि सुरक्षित राखिनेछ ।


राजधानी नैरोबीमा आयोजित हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रुटोले देशको इतिहासमै पहिलोपटक राष्ट्रव्यापी खनिज सर्वेक्षण सफलतापूर्वक सम्पन्न भएको जानकारी समेत दिनुभयो ।

राष्ट्रपति रुटोका अनुसार यो सार्वभौम सम्पत्ति कोष मुख्य तीन स्तम्भहरूमा आधारित छ ।




