खोटाङमा खुकुरी प्रहार गरि हत्या गर्ने पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गा.पा.-१, मोरिया याम्खाका ३५ वर्षीय धुर्ब अधिकारीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आपसी लेनदेनको विषयमा धुर्ब अधिकारी सोही स्थानका ५३ वर्षीय तिलक बहादुर मग्रातीको घरमा गई कुराकानी गर्ने क्रममा उनीहरूबीच अचानक विवादका क्रममा तिलक बहादुर मग्रातीले खुकुरी प्रहार गर्दा अधिकारीको टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तिलकबहादुर मग्रातीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।