
काठमाडौं, २६ असार । न्युयोर्कमा हुने सन् २०२६ को विश्वकपको समापन समारोहमा ‘हाफ टाइम प्रफोमेन्स’ दिने चर्चित कलाकारहरूको सूचीमा जस्टिन बिबर पनि थपिएका छन्।
यो क्यानेडियन पप स्टारले १९ जुलाईमा हुने प्रतियोगिताको पहिलो ‘सुपर बाउल’ शैलीको हाफ टाइम शोमा म्याडोना, शाकिरा र के पप समूह बीटीएससँगै प्रस्तुति दिनेछन्।


फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिने ११ मिनेटको यस प्रस्तुतिमा बर्ना बोय, गुस्ताभो डुडामेल, कोल्डप्लेसँगको सहकार्यमा पीएस २२ कोरस र ‘सेसमे स्ट्रिट’ का मपेट्स पनि देखिनेछन्। ‘फिफा विश्वकपले संसारलाई यस्तो तरिकाले एकताबद्ध गर्छ जुन अरू कुनै कुराले गर्न सक्दैन्’ बिबरले भने।

यसअघि वसन्त ऋतुमा ‘युकोन’ र ‘पिचेज’ जस्ता गीतका गायक बिबरले क्यालिफोर्नियाको कोचेला फेस्टिवलमा पुरानो याद ताजा गराउने प्रस्तुति सहित मञ्चमा पुनरागमन गरेका थिए। स्वास्थ्य समस्याका कारण आफ्नो ‘जस्टिस वर्ल्ड टुर’ रद्द गरेपछि चार वर्षको अन्तरालमा भएको यो उनको सबैभन्दा ठूलो लाइभ शो थियो।


३२ वर्षीय गायकले अप्रिलको उक्त कार्यक्रमको अधिकांश समय ल्यापटप अगाडि बसेर बेबी, नेभर से नेभर, वान टाइम र ब्युटी एन्ड द बिट… जस्ता आफ्ना पुराना चर्चित गीतहरूको युट्युब भिडियोमा स्वर मिलाउँदै बिताएका थिए।
फिफाको यो हाफ टाइम शो कोल्ड प्लेका क्रिस मार्टिनद्वारा तयार पारिएको हो र यसले ‘फिफा ग्लोबल सिटिजन एजुकेशन फन्ड’ का लागि रकम संकलन गर्नेछ। यो कोष विश्वभरका बालबालिकाका लागि १० करोड डलर ९७ करोड ३० लाख पाउन्ड जुटाउने उद्देश्यले सञ्चालित एक पहल हो।

उत्तर अमेरिकाका तीन आयोजक राष्ट्रहरूमा प्रतियोगिताको उद्घाटन गर्ने कलाकारहरूमध्ये रहेका कोलम्बियाली पप स्टार शाकिरा र नाइजेरियन संगीतकार बर्ना बोय पनि यस कार्यक्रममा सँगै मञ्चमा देखिनेछन् ।
फिफा विश्वकप ११ जुनमा प्रतियोगिता सुरु भएयता उनीहरूको विश्वव्यापी रूपमा चर्चित फिफाको अफिसियल गीत ‘डाई डाई’ले संगीत चार्टहरूमा दबदबा कायम राखेको छ र खेलहरूमा यो गीत अनिवार्य सुनाउँदै आइएको पनि रहेकाे छ । मेक्सिको, क्यानडा र अमेरिकामा ४८ टोलीको सहभागितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता सुरु भएको थियो तर आयोजक तीनै राष्ट्रका टोलीहरू प्रतियोगिताबाट बाहिरि सकेका छन्।




