सूर्योदय वोमी लघुवित्तको ३ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेको छ। कम्पनीका एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक सेयरधनीलाई दिइएको हो।

कम्पनीले शुक्रबारदेखि बिक्री प्रक्रिया सुरु गर्दै इच्छुक संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन पेश गर्न आग्रह गरेको छ।

सेयर खरिदका लागि आवेदन दिँदा आवश्यक कागजातसहित ललितपुरको महालक्ष्मीस्थित कम्पनीको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।