गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारकाे स्टन्ट गरयोः सांसद शाही

काठमाडौं, २६ असार । पेट्रोल जीउँमा छर्केर आत्मदाह गरेको बिषय संसदमा गम्भिर रूपले उठाएका छन ।

प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदले सरकारको लापरबाहीका कारण उनको मृत्यु भएको उनीहरूको आरोप छ ।

मुगुको सांसद खडगबहादुर शाही उपचारको नाममा सरकारले ‘स्टन्ट’ गरेका पनि आरोप लगाएका छन्। ‘हिजो म वीर अस्पताल पुग्दा डाक्टरले ९५ प्रतिशत बाँच्न सक्ने अवस्था छैन भनेका थिए तर उनको हिजो राती नै मृत्यु भएको रहेछ तर जिउँदै छ भनेर सरकारले उपचारको नाटक गरिरहयो, उनको मृत्युको घोषणा नगरी उपचार गरिरहेको नाटक गरियो,’ उनले भने, ‘आज बिहान म र भिष्मराज आङदाङवे अस्पताल पुग्दा गणेश नेपालीको शव लडिरहेको थियो, हामीले भन्यौं किन मृत्यु घोषणा नगरेको ? जवाफ दिइएन, शव राखेर मृत्युको घोषणा नगरेर सरकारले नाटक गरिरहयो।’

सरकारले उपचारको नाटक गरे पनि उपचारका लागि पहल नगरेको उनको गम्भिर आरोपसमेत लगाएका छन ।