
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्नु भएको छ ।
गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गर्नुभएको हो ।
नेता पुनले संसद भवन अगाडि पे्रमे आश्चार्यको आत्मदाहसम्बन्धि घटनाको स्मरण गराउँदै आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनि गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र साहलाई स्मरण गराउनु भयो ।


उहाँले प्रधानमन्त्री साहलाई गरिव, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो ? भनि सरकारलाई सरकारलाई प्रश्न समेत गर्नुभयो ।

नेता पुनले भन्नुभयो,‘गणेश नेपालीको मृत्युको घटनाले स्तब्ध बनाएको छ । म उहाँप्रति श्रद्धाञ्जी व्यक्त गर्दछु । र यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाईरल भईराखेको सम्माननीय प्रधानमन्त्रीज्युको २६ जनवरी २०२३ को एउटा स्टाटस छोटोमा म यहाँ उद्धृत गर्न चाहन्छु । एक जना नागरिक आफूले देखेको प्रगतिको लागि सक्ने सबैकामहरु गर्दछन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफनो विगत सुनाएर आफले आत्माहत्या गर्न लागेको खवर गर्दछन । एक जना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्दछन् ।
त्यो आत्मादाहका धेरै कारण, धेरै संकेतहरु होलान । तर सबैभन्दा ठूलो कारण राज्य हो । र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । सम्माननीय सभामुख महोदय सम्माननीय प्रधानमन्त्रीज्यू हुुनुहुन्छ । नयाँ आशाा साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनु भएको छ । होइन के यो राज्यको असफलता हो ? यो गरिव, दुःखी, विपन्न, सुकुम्बासीहरु यो राजधानी वा देशभरी बाँच्न पाउँदैनन ? उनीहरुले गरिखान पाउँदैनन भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस । जवाफ चाहन्छु यसबारे सम्माननीय सभामुख महोदय । प्रधानमन्त्रीको यही दृष्टिकोण छ कि बदलियो ? सत्तामा पुगेपछि । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेता पुनले वर्तमान सरकारले गरिवलाई गरेर खाने वातावरण समेत नदिएको गुनासो गर्नुभयो ।




