
काठमाडौं, २९ असार। जुड बेलिङ्घम पुनः एकपटक इङ्ल्यान्डका नायक बनेका छन । उनले नर्वेविरुद्ध दुई गोल गरे र इङ्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेले।
पहिलो हाफमा पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै नर्वेको ऐतिहासिक विश्वकप यात्रामा पूर्णविराम लगाउन र अतिरिक्त समय पछिको २–१ को जितसहित सेमिफाइनलमा इंग्ल्याण्डलाई जिताउन उनले उत्कृष्ट भुमिका खेलेका छन ।


मियामी स्टेडियममा प्रचण्ड गर्मी बीच खेलिएको क्वार्टरफाइनलमा आन्द्रेयास स्जेल्डेरुपले गोल गर्दै नर्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए यद्यपि ‘राउन्ड अफ १६’ मा मेक्सिको विरुद्धको यादगार ३–२ को जितमा दुई गोल गरेका जुड बेलिङघमले उत्कृष्ट खेल प्रदर्शन गर्दै हाफ टाइम ठीक अघि बराबरी गोल फर्काए। र, पछि उनले अर्को गोल गरे पछि इंग्ल्याण्ड सेमीफाइनलमा पुग्न सफल भएको छ ।

यसका साथै जुड बेलिङ्घमले फिफा विश्वकपको इतिहासमा २३ वर्ष वा सोभन्दा कम उमेरका खेलाडीले गरेको सर्वाधिक गोलको पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले पनि २३ वर्षको उमेरसम्म फिफा विश्वकपमा ७ गोल गरेका थिए, उनले पनि नर्वे बिरूद्द गोल गरेर पेलेका बराबरी भएका हुन ।
यसका साथै, सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोना पछि एउटै विश्वकपको नकआउट चरणमा लगातार दुई खेलमा दुई गोल गर्ने बेलिङ्घम विश्वकै पहिलो खेलाडी बनेका छन्।

त्यसो जुड बेलिङघमले निकै कीर्तिमानहरू यस विश्वकपवाट कायम गरेका छ । ६ गोल, १ असिस्ट, ४ पटक ‘म्यान अफ द म्याच’ अवार्ड पाउँदा उनले ६ खेल खेलिसकेका छन ।
अर्जेन्टिनाका म्याराडोनापछि एज्टेका रंगशालामा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका उनले म्याराडोना पछि नकआउट चरणका लगातार दुई खेलमा दुई–दुई गोल गर्ने पहिलो खेलाडीसमेत बन्न सफल भएका छन ।

ब्राजिलका पेले यताका लगातार दुईवटा नकआउट चरणका खेलहरूमा दुई–दुई गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्डसमेत बनाएका उनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रुनीभन्दा बढी गोल गरेका छन । त्यसो त विश्वकपमा इङ्ल्यान्डका लागि ५ भन्दा बढी गोल गर्ने पहिलो मिडफिल्डर बेलिङघमको गोलमा इंग्ल्याण्ड सेमी फाइनलमा पुगेको हो ।
जुड बेलिङ्घम २३ वर्षीय अङ्ग्रेज व्यावसायिक फुटबल खेलाडी हुन्, जो रियल मड्रिड र इङ्ल्यान्डको राष्ट्रिय टोलीका लागि मिडफिल्डरको रूपमा खेल्छन्। उनी विश्वका उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छन् र आफ्नो खेल कौशल, मिडफिल्डबाटै गोल गर्ने क्षमता तथा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रभाव पार्न सक्ने खुबीका लागि परिचित छन्, जुन कुरा उनले हिजोको नर्वेसँगको क्वार्टर फाइनलमा पनि प्रमाणित गरेका थिए। इङ्ल्यान्डको स्टरब्रिजमा जन्मिएका बेलिङघमले आफ्नो खेल जीवनको सुरुवात गृह नगरको क्लब ‘बर्मिङ्घम सिटी’ बाट गरेका थिए। उनले मात्र १६ वर्षको उमेरमा पहिलो टोलीका लागि डेब्यु गर्दै क्लबको इतिहासमै सबैभन्दा कम उमेरका खेलाडी बन्ने कीर्तिमान कायम गरिसकेका थिए ।
उनको तीव्र प्रगतिका कारण सन् २०२० मा उनी जर्मनीको दिग्गज क्लब ‘बोरुसिया डर्टमन्ड’ मा आबद्ध भए, जहाँ उनले तीन उत्कृष्ट सिजन बिताए। उनले डिएफबी पोकल उपाधि जिते र आफूलाई युरोपका उत्कृष्ट खेलाडीहरूमध्ये एकका रूपमा स्थापित गरे। सन् २०२३ मा बेलिङ्घम एक ठूलो सरुवा सम्झौता मार्फत रियल मड्रिडमा आबद्ध भएका छन् । स्पेनमा उनको पहिलो सिजन उत्कृष्ट रह्यो, मिडफिल्डबाट खेल्दै उनले २३ गोल गरे तथा क्लबलाई ला लिगा र युइएफए च्याम्पियन्स लिग दुवैको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले।




