रुवाण्डा माउण्टेन गोरिल्ला र्‍यालीको उपाधि केन्याका करन पटेललाई

केन्याका चालक करन पटेल र उनका सहचालक तासिफ खानले रुवाण्डा माउन्टेन गोरिल्ला ¥यालीको उपाधि जितेका छन् । आईतबार पूर्वी प्रान्तको बुगेसेरा जिल्लामा सम्पन्न तेस्रो दिनको अन्तिम चरणको प्रतिष्पर्धामा जित हासिल गर्दै पटेलको टोली च्याम्पियन बनेको हो ।

केन्याली टोलीले निर्धारित दूरी २ घण्टा १३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त ग¥यो । त्यस्तै, तान्जानियाका हुवेल अहमद र सह–चालक सोलांकी रोहितको टोली २ घण्टा २० मिनेट ४८ सेकेन्डको समयसहित दोस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा जित हासिल गरेपछि प्रतिक्रिया दिँदै पटेलले अघिल्लो वर्षको असफलता पछि यस पटक जितका लागि आफूहरू निकै दृढ रहेको बताए ।
रुवाण्डा माउन्टेन गोरिल्ला ¥याली सन् २०२६ को एफआईए अफ्रिकन ¥याली च्याम्पियनसिपका चार आधिकारिक चरणहरूमध्ये एक हो ।