
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले घटेर तोलाको ४३७५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।





