२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ६४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ४ जना, काठमाडौँ बाहेक बागमतीमा ४ जना र कर्णालीमा २ घाइते भएका छन् ।